म्याग्दी, २७ : सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, २ भतवतीतर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको बोलेरो जीप रगुगंगा-३ पिप्लेको बगैंचामुनी घुम्तीमा सडकबाट तल खस्दा गर्भवती महिला सहित जिपमा सवार १३ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते रघुगंगा गाउपालिका–३ पिप्लेकी सरस्वती (काली) दमिनी लाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा रिफर गरिएको छ। परियारको अन्दाजी ३५ हप्ताको गर्भ रहेको अस्पतालले जनाएको छ।
‘घाईतेमध्ये एक महिलाको करङहरु भाँचिएर फोक्सोमा गाडिएको र छातीभित्र रक्तश्राप भैरहेकाले अवस्था गम्भीर छ’ बेनी अस्पतालका डा. नवराज बास्ताकोटीले भने, ‘गम्भीर घाईते महिलाको भिडियो एक्सरे हेर्दा उनी ३२ देखि ३५ हप्ताको गर्भवती हुन।’
दुर्घटनामा परी जललजा गाउँपालिकाकी २२ वर्षीया सृजना जिसी र उनका १ वर्षीय छोरा आभान जिसी, बेनी नगरपालिका–८ की दुर्गा पौडेल, रघुगंगा–२ भतवतीका कर्णबहादुर कार्की, आरोसी घर्ती, डिलबहादुर सार्की, सम्झना भण्डारी, गोविन्द शर्मा, रघुगंगा–३ पिप्लेका राजकुमारी मल्ल, सजनी मल्ल, सरोज बस्याल र चालक गोपी परियार छन्। घाइतेहरुको अवस्था सामान्य रहेको बेनी जिल्ला अस्पतालले जनाएको छ।