जिप दुर्घटना हुँदा प्युठानमा एककाे मृत्यु, दश घाइते

| 2021 Feb 05 | 02:01 pm 2785

प्युठान, माघ २३ः जिप दुर्घटना हुँदा प्युठानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढा रहेका छन् ।

दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानमा अनुसार दुर्घटनामा बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाईते भएका छन् । घाइतेमध्ये चालक दशरत विश्वकर्मालाई उपचारका लागि बुटवल ल्याइएको छ भने अन्य ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.