जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु

| 2019 Sep 23 | 11:55 am 2566

महोत्तरी, असाेज ६: जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेयाकी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए ।

पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने (टुट्ने) मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको वडाध्यक्ष रायले जानकारी दिए ।

जितिया पर्वको उपवास बसेकी ती वृद्धाले आइतबारसम्म बस्न नसक्ने अवस्था देखिएपछि उनलाई खानेकुरा वा पानी पनि खानभन्दा खान नमानेपछि उनको उपवास बसेकै अवस्थामा मृत्यु भएको हो ।

मृतक वृद्धाको दुई छोरा छन्, एउटा छोरा रोजगारीको क्रममा नेपालमै भैरहवा बस्दै गरेको र अर्को भारतको राजधानी दिल्ली बस्दै गरेको आइतबार उनीहरु घर आउन नभ्याएपछि आज उनीहरु आउनासाथ उनको अन्तिम संस्कार गरिने बुझिएकाे छ ।

जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको स्थानीयहरू बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.