जितबाट हाेइन हारबाटै सिक्छु
थोरै पाएर नै
धेरै खुशी हुनु छ
न त फरक
न त उत्कृष्ट हुनु छ
भूइँमै ठीक छु
चन्द्रमा कहाँ छुनु छ
मलाई साधारण
मान्छे हुनु छ
मलाइ केवल
तिम्रै मात्र हुनुछ
प्रतिस्पर्धाबाट टाढै
ठीक छु
जित्नु पर्दैन
हारबाटै सिक्छु
साना सपनामा रमाई
आँखाभरि रूनु छ
मलाई साधारण
मान्छे हुनु छ
मलाइ केवल
तिम्रै मात्र हुनुछ
न सम्मानको मोह
न अपमानको भय
जीवन साच्चै
जीवन होला अपेक्षा नरहे
प्रभाव पार्न किन खोजूँ
केवल आफैलाई छुनु छ
मलाई केवल साधारण
मान्छे हुनु छ
मलाइ केवल
तिम्रै मात्र हुनुछ।
- कमला राना