जिउँदाे कछुवाकाे कारोबार गर्ने पाँच जना पक्राउ

| 2020 Nov 02 | 04:59 pm 2281

काठमाडौं, कात्तिक १७ः संरक्षित बन्यजन्तु कछुवाको अवैध ओसारपसार तथा बिक्रिवितरण गरिरहेका एक समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप हिमगंगा नगरपालिका ४ घर भई हाल ललितपुर बालकुमारी बस्ने २९ वर्षीय नैनबहादुर आले मगर, गोरखा बारपाक सुलिकोट गाउँपालिका ६ घर भई हाल काठमाडौं बनस्थली बस्ने २४ वर्षीय सुजन उपरकोटी, रामेछाप दारम्बा गाउँपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय छेवाङ् लामा, सोही जिल्ला घर भई हाल भक्तपुर गणेशबस्ती बस्ने २७ वर्षीय राजकुमार घिसिङ र काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दावा लामा रहेका छन् ।

गोप्य सूचनाको आधारमा सोमबार महाशाखाबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सुर्यविनायकबाट जिउँदो कछुवासहित पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइएको प्रहरी उपरीक्षक ईश्वर कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.