जाजरकोटको पहिरोले चार जनाको ज्यान लियो

रिपोर्ट नेपाल | 2018 Aug 05 | 11:13 am 2014

जाजरकोट, साउन २०: गएराती देखि परेको अविरल बर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घुर परिँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको यो समाचार तयार गर्दा सम्म सनाखत हुन सकेको छैन ।

प्राप्त जानकारी अनुसारभेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ ।

गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरीले उद्धारकार्य जारी राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार उद्धार कार्य तदारुकताका साथ भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.