जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 22 | 07:23 pm 2153

काठमाडाैं, चैत ९ः परिवर्तित नाम ६५(०७७)२२ को जाहेरीले दिए अनुसार जवरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीको खोजतलास गर्ने क्रममा व्यूराेबाट खटिएको प्रहरी टोलीद्धारा लुकिछिपी बसिरहेको अवस्थामा चैत ८ गतेका दिन कामनपा-५ हाडीगाँउ काठमाडौंबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा हुम्ला सर्केगाढ गाउँपालिका -१ का २६ बर्षीय मिम बहादुर बुढा रहेका छन् । उनले बाँके, वैध्यनाथ गाँउपालिका-१ गाँवर स्थित कर्णराज रोकायले संचालन गरेको होमस्टेको कोठामा २०७७ पुस २१ गते स्थानीय शैक्षिक संस्थाको कक्षा ११ मा पढ्ने छात्रालाई झुक्यानमा पारि नसालु पदार्थ सेवन गराएर बेहोश बनाई जवरजस्ती करणी गरी वारदात मिति देखि हाल सम्म फरार रहेका थिए ।

प्रतिवादीलाई थप अनुसन्धान तथा कारवाहिको लागि आजै जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.