जल्दै गरेको महिलाको शव चिताबाटै प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Jun 11 | 07:52 am 1305

सर्लाही,जेठ २८ । सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा दिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले प्रहरीले घटना’bout अनुसन्धान गरिरहेको जनाएको छ । (राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.