जलस्रोत तथा सिंचाई विभाग मातहतको चार भवन निर्माण हुँदै

| 2022 Feb 17 | 12:10 pm 3001

काठमाडौं, फागुन ५ः जलस्रोत तथा सिंचाई विभाग मातहतका चार वटा आयोजनाहरुको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ ।

No description available.

सिंचाई संस्थागत विकास आयोजना(IDSC) जावलाखेल ललितपुरको आर्थिक लगानीमा निर्माण हुने उक्त अयोजनाहरु सप्तरी जिल्लाको राजविराजमा रहेको खाडो नदी व्यवस्थापन आयोजना, कास्की जिल्लाको पोखरामा रहेको रुपाताल संरक्षण तथा एकीकृत विकास आयोजना, दाङ जिल्लाको तुलसीपुरमा रहेको बृहत दाङ उपत्यका सिंचाई परियोजना र बर्दिया जिल्लाको राजापुरमा रहेको राजापुर सिंचाई व्यवस्थापन आयोजना गरी चार वटा रहेका छन् ।

No description available.

उक्त भवनहरु निर्माणका लागि मिति २०७८ फागुन १ मा नागरिक राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आब्हानका लागि सूचना समेत प्रकाशित भई सकेको छ ।

No description available.

कार्यालय संचालन गर्नको लागि संगठन संरचना अभाव भएको कारण उक्त भवनहरु नेपाल सरकारको आफ्नै लगानीमा निर्माण गर्न लागिएको कुरा सम्बन्धित सुत्रद्वारा जानकारी प्राप्त भएको छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.