जर्मनी पेस्तोल सहित तीनजना प्रहरी कठघरमा

रिपोर्ट नेपाल | 2018 Jul 15 | 05:25 pm 3665

काठमाडौं,असार ३१ : महानगरीय प्रहरी परीसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले ललितपुरबाट जर्मन पेस्तोल सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।

महानगरिय प्रहरी परीसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार विशेष सुराकीको आधारमा शंका लागि खानतलासी गर्दा ताप्लेजुङ जिल्ला वाङरुक गाउँपालिका स्थायी घर भई ललितपुर नख्खीपोट बस्ने ३६ बर्षिय हेमराज पौडेल पक्राउ परेका छन् ।

पक्राउ परेका अन्य दुईमा जिल्ला दोरम्भा डडुवा गाउँपालिका १ स्थायी घर भई हाल ललितपुर नख्खीपोट बस्ने ३० बर्षिय अँशुराम मोक्तन र रामेछाप लिखु गाउँपालिका १ स्थायी घर भई काठमाडौं घट्टेकुलो बस्ने २४ बर्षिय कृष्णबहादुर जोगी रहेका छन् ।

उनीहरुका साथबाट प्रहरीले जर्मन पेस्तोल एक थान म्यागजीन दुई थान र गोली पाँच राउण्ड बरामद गरेको हो । हेमराज पौडेल र अँशुराम मोक्तानले उक्त पेस्तोल असी हजारमा खरिद गरी कृष्ण बहादुर जोगीलाई तीन लाखमा विक्रि गर्न लागेको प्रवक्ता नरेन्द्र चन्दले बताए ।

पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना अन्तर्गत मुद्दा चल्ने र हतियार कँहाबाट कसरी भित्रीयो त्यस बारे गम्भिर अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.