पाल्पा, साउन २९ : नेपाली समाजमा रहेका कतिपय सामाजिक संस्कार, मूल्य मान्यता र परम्परा विपरीत गतिविधि र क्रियाकलापको कारण धेरैजसो महिला, बालबालिका र असहाय वर्ग पीडित हुने गरेको छ ।
दिनानुदिन यस्ता घटना बढ्दै गइरहेको छ । न्यायिक उपचारको बारेमा जानकारी समेत नभएको कारण यस्ता घटना बढ्दै गएकाे हाे । यस्ता अपराधलार्इ घटाउने उद्देश्यले इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले जर्बजस्ती करणी र विवाह कसुर सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।
पछिल्लो समय महिला हिंसा बढ्दै गएकोले यसलाई रोक्नका लागि मंगलबार इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले रामपुर नगरपालिका वार्ड नं २ भलायोटार स्थित ग्रामीण विकाश बचत तथा ऋण सहकारी संस्थाको भवनमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा जर्बजस्ती करणी अपराधको बारेमा प्रशिक्षण गर्नुका साथै के कारणबाट समाजमा यो घट्ने गर्दछ ? र यस अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न समाज तथा परिवार लगायत अन्य संस्थाहरू समेतले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ ? भन्ने विषयमा कार्यक्रम प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा स्थानीय वासीहरूको अलावा विभिन्न संस्थामा आबद्ध महिला र पुरुषहरू तथा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागीको रूपमा रहेका थिए भने रामपुर न.पा. वार्ड नं २ का वडाध्यक्ष तारा बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रमुख प्रशिक्षकको रूपमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए भने कार्यक्रमको आयोजना २ नं वडा को संयोजनमा प्रहरी चौकी केलादीले गरेको थियो ।