जरायोको सिङ सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 03 | 03:23 pm 2002

ललितपुर, फागुन १९ : अवैध रुपमा ल्याएको जरायोको सिङसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ च्यासलस्थित डेरा गरी बस्ने कन्ज्योसोम गाउँपालिका–२ शंखु का २७ वर्षीय गोकुल बिक रहेका छन् ।

उनलाईलाई १ थान जरायोको सिङ सहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गोकुलको डेरा कोठामा खानतलासी गर्दा उक्त जरायोको सिङ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टालीले फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ गरी उनलाई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.