बर्दिया, साउन २१ः जरायोको सिंङसहित बर्दियामा एक जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ७ का ३१ वर्षीय बाबुराम लोध रहेका छन् ।
उनलाई प्रहरीले बुधबार १ थान जरायोको सिङसहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा लुकाइछिपाई लैजादै गरेको अवस्थामा सिमा प्रहरी चौकी मथुराबाट गस्तीमा गएको प्रहरीको टोलीले गुलरिया– ८ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
पक्राउ परेका लोधलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।