बाजुरा, चैत ९: जबरजस्ती करणी गरेको अभियोगमा एक जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले बुढालाई उक्त अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।
सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।
प्रहरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको बताइएको छ ।
उक्त पीडित महिलाले घटना भएको सात दिनपछि मात्र प्रहरीमा उजुरी दिएकी थिइन् ।