जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Nov 02 | 06:52 pm 1765

बर्दिया, कात्तिक १६ः जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी वारबर्दिया नगरपालिका-६ बस्ने प्रेमलाल थारुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दिया गुलरियाको २०७५ असार १३ गतेको फैसलाले जबरजस्ती करणी र अपहरण तथा शरिर बन्धक मुद्दामा २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत गुलरिया बर्दियाको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

स्रोत नखुलेको भारतीय नगद सहित एक पक्राउ 

कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५२ हजार ७८ सय नगद सहित अर्घाखाँची सन्धिखर्क नगरपालिका-१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कामरु कन्स्ट्रक्सन प्रालिका संचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का भएका ५१ वर्षीय राममणी दहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको    हो ।

कामरु कन्स्ट्रक्सन प्रालिका संचालक दहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.