जबरजस्ती करणी गर्ने दुई पक्राउ एक फरार

रिपोर्ट नेपाल | 2018 Nov 16 | 07:13 pm 2377

काठमाडौं, कात्तिक ३० :  छुट्टाछुट्टै स्थानमा जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेको छ । काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने मकवानपुर हेटौंडाकी १५ वर्षीया किशोरीलाई कलंकीस्थित अन्नपूर्ण होटलमा बुधबार राति जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नगरपालिका १३ बाफल बस्ने काभ्रे नवबुद्ध नगरपालिका ८ का १८ वर्षीय साजन अधिकारीलाई आज शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सुनसरी देवानगंज गाउँपालिका ७ रासी बस्ने ३० वर्षीया महिलालाई स्थानीय फार्ममा शुक्रबार बिहान जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने दिपककुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

दिपककुमार र सोही ठाउँ बस्ने २२ वर्षीय बालगोपाल यादवले जबरजस्ती करणी गरेको खबरप्राप्त भएपछि खटिएको प्रहरीले दिपककुमारलाई पक्राउ गरेको हो । बालगोपाल भने फरार रहेकोले फरार बालगोपाललाई प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको बताए । यस घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.