जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 27 | 02:11 pm 1967

  • तुल मगर

उदयपुर, फागुन १५ :  विभिन्न किसिमका नयाँ नयाँ ज्ञान विज्ञानका शिक्षा दिएर देशमा एउटा सक्षम र सच्चा विद्यार्थी उत्पादन गर्नका निम्ति गुरुका रुपमा पदस्थापन गरेका व्यक्तिले शिक्षाका नाममा आफ्ना कर्तुत र घृणित व्यवहार गर्दछ भने अव समाजले कसरी विश्वास गर्ने ।

यस्तै अवस्था हो भने विद्यार्थीहरु कतिसम्म सुरक्षित हुन्छन् र कस्ता ज्ञान पाउँदछन् समाजले यो कुरा बुझ्न जरुरी रहेको छ । यस्तै उदयपुरकाे कटारी नगरपालिका–८ घुम्तीका १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चितवन कठार नगरपालिका–४ घर भई हाल कटारी नगरपालिका–८ श्री जनप्रिय निमावि सिरिसेका अस्थाई शिक्षक  २८ वर्षीय बिनोद लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षक लोहनीले पढाउने बहाना गरी बालिकाको घरको कोठामा गएर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चेक प्वाईन्ट बेतिनिबाट खटिएको प्रहरीले लोहनीलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.