जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 13 | 04:31 pm 1982

भक्तपुर, मंसिर २७  : ईँट्टाभट्टामा काम गर्ने एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेको छ ।

सूर्यविनायक नगरपालिका ९ नङखेलस्थित जिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पा कोलाङ गाउँपालिका ६ की ६० वर्षीया महिलालाई मंसिर २५ गते जबरजस्ती करणी गरेको अभियोगमा सोही ईँटाभट्टामा काम गर्ने बाग्लुङ धारापानी गाउँपालिका ३ का ३६ वर्षीय अमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले विकलाई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.