धनकुटा, मंसिर २६ : चौबिसे गाउँपालिका–५ हमेलाका ४ वर्षीया बालिकालाई मंसिर २४ गते बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका ४१ वर्षीय धन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।