जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

| 2023 Oct 06 | 12:33 pm 3357

झापा, असोज १९ ।  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदर्शी गाउँपालिका-२ बस्ने २० वर्षीय अजय शर्मा खत्वेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.