जबरजस्ती करणी गरेको अभियोगमा दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 06 | 02:15 pm 2516

ललितपुर, मंसिर २० :  ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने उदयपुरकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सातदोबाटो बस्ने दोलखाका २१ वर्षीय राजेन्द्र नेपाली र सोही ठाउँ बस्ने २७ वर्षीय सुरेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १७ गते सातदोबाटोमा हिंडिरहेको अवस्थामा अभियुक्तद्धयले बालिकालाई पशुपति घुम्न जाँउ भनि काठमाडौं गोंगबुस्थित गेष्ट हाउसको कोठामा लगेर जबरजस्ती करणी गरी फरार भएको भन्‍ने उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले अभियुक्त दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाएको प्रहरीले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.