जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

| 2022 Jun 27 | 07:28 pm 2229

पाल्पा, असार १३ः १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रिप्दिकोट गाउँपालिका-६ वाङ्गसुरुङ बस्ने ३१ वर्षीय भक्त बहादुर झेडी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भक्त बहादुरले ती बालिकालाई गत मंगलबार साँझ स्थानीय वाङ्गसुरुङ सामुदायिक जंगलमा ललाई फकाई लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट

पर्वत, फलेवास नगरपालिका-७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका-५ र पैयु गाउँपालिका-६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट गरिएको  छ ।

 ईलाका प्रहरी कार्यालय लुंखुदेउराली, प्रहरी चौकी फलेवास, अस्थाई प्रहरी चौकी खानीगाउँ, अस्थाई प्रहरी पोष्ट भोर्ले, सम्बन्धित वडाका प्रतिनिधिहरु, स्थानीयबासीहरुको लगायतको सहभागितामा उक्त गाँजाका बोटहरू काटी उखेली नष्ट गरिएको हो ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागूऔषध तथा घरेलु हिंसाको पहिचान र न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सहित ती गाँजाका बोट समेत नष्ट गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.