जबरजस्ती करणी गरेको अभियोगमा घिसिङ पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 31 | 08:41 pm 1677

काठमाडौं, भदाै १४ रोल्पा घर भएकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक चितवन भरतपुर घर भएका ४१ वर्षीय कृष्ण घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

घिसिङले ती किशोरीलाई काम लगाइदिन्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.