जबरजस्ती करणी गरी फरार रहेका दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2023 May 22 | 07:10 pm 1221

बर्दिया, जेठ ८ः जबरजस्ती करणी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ६ तुल्सिपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नमराज परियार रहेका छन् ।

उनीहरुले आइतबार साँझ १८ वर्षीया बालिकालाई ललाईफकाई बजार घुम्न जाने प्रलोभ देखाई जबरजस्ती मोटरसाइकलमा राखी ठाकुरबाबा नगरपालिका ७ बठनपुर स्थित मध्यवर्ती सामुदायिक वनमा लगी दुबै जनाले करणी गरी फरार रहेका थिए ।

करणी पश्चात् फरार रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँबाट प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा तत्कालै प्रहरी टोली परिचालिन गरी उक्त कार्यमा संलग्न व्यक्तिहरुको तीब्र खोजी गरिएको थियो ।

प्रहरीले उक्त व्यक्तिहरुलाई सोमबार बिहान हिडिरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.