जन्मदिनको शुभकामना दिन राष्ट्रपति राष्ट्रकवि निवास

| 2018 Sep 23 | 11:23 am 2830

काठमाडौं, असोज ७: राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन्।

राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन्।

आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन्।

यसैवीच आज घिमिरे सय वर्ष पुगेको अवसरमा घिमिरे विवासमा विशेष पूजा अर्चना गरिएको छ।

१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.