जनसंवाद गर्दै बाबुराम जिल्ला भ्रमण

| 2019 Feb 04 | 09:06 am 1895

काठमाडौं, २१ :  माओवादीबाट विभाजित भई नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई जनसंवाद यात्रा गर्दै विभिन्न जिल्लामा पुगेका छन् ।

सरकारको रबैया र गलत क्रियाकलापको भण्डारफोर गर्ने भन्दै गत माघ १५ गतेदेखि यात्रामा निस्किएका भट्टराईको यात्रा फागुन १५ गते बैतडी पुगेर सम्पन्न हुने भएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग चिवाभन्ज्याङ पाँचथरदेखि झुलाघाट बैतडीसम्मको एक महिने यात्रा तय गरिएको छ । ३० दिने नेपाल यात्रा नाम दिइएको जनसंवाद यात्रामा सहभागी हुन नयाँ शक्ति नेपालले आब्हान गरेको छ ।

संविधान जारी भएको भोली पल्टै माओवादीको विचार प्रति असहमत राख्दै डा बाबुराम भट्टराई माओवादीबाट बाहिरिएका थिए । लामो समयसम्म पार्टीका लागि दिलो ज्यान दिएर लागेका भट्टराईलाई माओवादी परित्यागपछि काठमाडौंमा ठूलो तामझाम सहित नयाँ शक्ति गठन गरेका थिए । जनसंवादमा निस्किएको नयाँ शक्तिले अव त आँखा खोलौं भन्ने नारालाई प्राथमिकताकासाथ उठान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.