जनतालाई सडकै उतार, उफार अनि पछार

रिपोर्ट नेपाल | 2020 Dec 30 | 02:24 pm 2977

उतार उतार
जनतालाई सडकमै उतार
सिंहदरबारको सिंहासनका लागि
महामहिमहरुको आसनका लागि
जहानीय शासनको लागि
पञ्चायति मण्डलेको लागि
जनता सडकमा नउतारेको भए ?
अहो झापा काण्डमा मान्छे नमारेको भए ?
जन आन्दोलनका नाममा
गरिब तथा सिमान्तकृत बर्गका नाममा
जनताको सरकार र जनताकै सासनका नाममा
जङ्गल जङ्गलमा मान्छे नघिसारेको भए ?
गाउँका हुने खानेका घाँटी नरेटेको भए ?
अहो आज यो व्यवस्था कसरी आउथ्यो ?

जनशासन कसरी आउथ्यो ?
सुब्यबस्थीत प्रशासन कसरी आउथ्यो ?
धन्य छ तिमिहरुलाई जनता सडकमा ल्यायौ र पो
पातमा खानेहरु थालमा खाने भयौ
जङ्गलमा बस्नेहरु दरबारमा बस्ने भयौ
बन्दुक समाउनेहरु कलम समाउने भयौ
दौरा सुरवाल कोट चिटिक्क लाउँदा
आसे पासे सहित सरकारी खर्चमा घुम्न पाउदा
छोरी ज्वाई मन्त्री बनाइ रमाउन पाउदा
कुहेका मृगौला राष्ट्रको ढिकुटीमा फेर्न पाउदा
साच्चीकै जनताको शासन अनुभुत भए होला
युद्धका घाइतेहरु छट्पटाएको हेर्न पाउदा
प्रजातन्त्र प्रति आस्था राख्नेहरु विचरा
निरुत्साहित भएको हेर्न पाउदा
जिउरो च्यातिएकालाई मजै आएहोला
मृगौलो कुहिएकालाई पनि मजै आएहोला
बन्दुकेलाई पनि आनन्दै भएहोला

अब नपुगेको को कोलाई हो ?
जनता सडकमा उतार
तिमीलाई पनि मजेदार जन शासन
तिमीले चाहे जस्तो प्रशासन
भुडि भोर्ने विधान
चोर्न,कमाउन मिल्ने सविंधान
के के चाहिएको छ ?
आउ जनता सडकमा उठाउ
काँग्रेसका नाममा उठाउ
कथित माओवादी(ज्युदो भए)
त्यसका नाममा उठाउ
कठित एमाले (ज्युदो भए)
त्यसका नाममा उठाउ
प्रजातन्त्र ज्युदो भए
त्यसका नाममा उठाउ
कम्युनिष्ट ज्युदो भए
त्यसको नाममा उठाउ
जनता उठाउ
सडका बोलाउ
उफार इनि भेडाहरुलाई
पछार इनि भेडाहरुलाई
पुरा गर तिम्रा चाहानाहरु
सपनाहरु
अभिलासाहरु
र खोरमा हुल्देउ इनि भेडाहरुलाई
र बल्ल प्रजातन्त्रको शासकिय क्षमता वृद्धी हुने छ
धर्ति खुसि हुने छ ।
चुच्चे नक्साको नाक परै जाला
ग्यास्टीके ग्यास र मोनो रेलका धाक खेरै जाला
त्यसैले उतार जनता सडकमै उतार

सरकार चलाउने हुति भएन ?
जनता सडकमा उतार ।
जनताले पत्याएनन ?
जनतै सडकमा उतार ।
कुर्चि मिलेन जनता उतार ।
भाग मिलेन जनता उतार ।
प्रिमको पर्दा फाट्यो जनता उतार ।
बहुमतको गाड फाट्यो जनता उतार ।
प्रजातन्तको प्रजै हरायो
निस्केको चुच्चे नक्साको
चुच्चै हरायो
बन्दुकले ल्याएको गणतन्त्रको
तन्त्रै काँ होला ?
अव खोज थन्काएको श्रीपेच र लाउ तिमीहरुनै
तर विन्दी सडकमा जनतालाई ननचाउ
नउफार नघिसार अनि नपछार

सिंहदरबारै खायौ, बालुवाटरै खायौ
यो देशको नाम खायौ, निसान खायौ
जनताको पसिना खायौ रगत खायौ
विस्वास खायौ हाम्रो मत खायौ
सरकार खायौ विधान सविंधान खायौ
संसद खायौ
अव बाकी के छ र जनता सडकमा ल्याउछौ ?
खोयामा रस सक्कीयो चुस्न छाड
जनतालाई सडकमा नचेरी लाउन छाड ।

सुर्य प्रसाद खनाल, गुल्मी हाल काठमाडाैं 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.