जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आइजीपी ज्ञवालीको निर्देशन

रिपोर्ट नेपाल | 2020 Feb 12 | 05:38 pm 1537

काठमाडौं, माघ २९: नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले प्रहरी पेशा मात्र नभएर सेवा पनि भएकोले जनतालाई केन्द्रबिन्दुमा राखेर सेवामो भाव अनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार दर्ज्यानी चिन्ह लगाएपछि पदभार गरेका ज्ञवालीले उपत्यकामा भएका कर्मचारीलाई निर्देशन दिने क्रममा जन्मेदेखि मृत्युसम्म प्रहरीको सेवा आवश्यक पर्ने हुँदा निस्वार्थी भावनाले कार्य गर्न समेत जोड दिएका थिए ।

जनताले प्रहरीबाट ज्यादै ठूलो आशा र भरोसा राखेका हुँदा जनताद्वारा प्राप्त विश्वासलाई रत्तिभर बिचलन हुन नदिन अहोरात्र लाग्न पनि महानिरीक्षक ज्ञवालीले निर्देशन दिएका छिन् ।

हरीको आचारण व्यवहारका विषयमा जनस्तरबाट प्रश्न उठ्ने गरेको कुरा प्रति इंकित गर्दै महानिरीक्षक ज्ञवालीले आफूले प्रहरी जवान देखि अधिकृतसम्मलाई एउटै परिवारको सदस्य सम्झिएकोले त्यस कुरालाई सबैले मनन् गर्नुपर्ने कुरामा विशेष जोड दिएका थिए ।

संगठन प्रति, बफादार जिम्मेवारी प्रति इमान्दारलाई पुरस्कृत गरिने र मर्यादालाई बिर्सिएर नाजायज गर्नेलाई कारबाहीसमेत गर्ने कुरा महानिरीक्षक ज्ञवालीले बताएका थिए ।

अपराध कर्म गर्ने र कानून हातमा लिन खोज्ने तत्वसँग खरो रुपमा उत्रन विशेष निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले सेवा प्रवाहलाई अझ बृद्धी गर्न समेत आग्रह गरेका थिए ।

नागरिक मैत्री प्रहरी आजको प्रमुख आवश्यकता रहेको बताउँदै महानिरीक्षक ज्ञवालीले निर्धकक भएर जनतालाई शान्ति र अमन चयन दिनका लागि लाग्न समेत निर्देशन दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.