जनकपुरमा आज पनि घन्कियाे ‘राजा आऊ देश बचाउ’को नारा

| 2019 Mar 15 | 05:27 pm 2437

जनकपुर, चैत १  : मधेश भ्रमण आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज पनि जनकपुरमा भव्य स्वागत गरिएकाे छ । शुक्रबार दिउँसाे जनकपुर मन्दिर दर्शनका लागि आएका पूर्वराजा शाहले ञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसलाई पहिलेदेखि नै माया गरेकाे बताए ।

पूर्वराजाकाे आगमनमा जनकपुरमा ‘राजा आऊ देश बचाउ, प्राण भन्दा प्यारो छ हाम्रो राजा ’ भन्दै उनका समर्थकहरुले  नारा लगाएका थिए । नागरिकको बाक्लो उपस्थिति भएपछि सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो। पूर्वराजा शाहको स्वागतको लागि जनकपुरको जानकी मन्दिरमा रातो कार्पेट ओछ्याइएको छ।

पूर्वराजा शाहाले विहीबार सर्लाही सदरमुकाम मलङ्गवामा रहेको दुर्गा भगवती मन्दिरमा पूजाअर्चना गरेका थिए । उनले मन्दिरभित्र पूजाअर्चना गरिरहँदा मन्दिर बाहिर उनका शुभेच्छुक, शुभचिन्तक तथा समर्थकले उनको जय–जयकार गरेका थिए । उनीहरुले राजा आऊ जेश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको अवज्ञा गर्दै कडा सुरक्षाबीच महोत्तरीको जलेश्वरबाट दिउँसो ४ बजे मलंगवा पुगेका थिए।

पूर्व राजा शाहलाई भेटन सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठ होटलमा पुगेका थिए। त्यसैगरी पूर्व राजा शाहलाई भेट्न राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो ।

बुधबार पनि जनकपुरस्थित सिताशरण होटेलको मुलद्वारमा शाहका समर्थकहरुले देशमा विदेशीको हस्तक्षेप बढेको भन्दै पूर्वराजा शाह समक्ष राष्ट्रवादी नागरिक समाज जनकपुरले माग गरेका थिए । पूर्वराजा शाहको आगमनमा उनीहरुले बुधबार पनि ‘राजा आऊ देश बचाउ’को नारा लगाएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.