धनुषा, भदाै २३: आईतबार साँझ जनकपुरस्थित सदरमुकाममा एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या भएको छ ।
हत्या हुनेमा धनुषाको मिथिला विहारी नागरपालिका वडा नम्बर १० का ६० वर्षीय रामवरण शर्माको हत्या भएकाे हाे । उनलाई धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या गरिएकाे धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार हत्याको कारण खुली नसकेको र हत्याराको खोजी कार्य तीव्र पारिएको बताए ।
शर्माको ८ बजेको समयमा तारापट्टी बजारबाट तरकारी किनेर घर फर्किदै गर्दा ठेरा कचुरी सड़क खण्डको पेट्रोल पम्प नजिकै मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनको हत्या गरेको स्थानीयकाे भनाइलाई उधृत गर्दै प्रहरीले जानकारी दिए।
मृतक शर्माको शव अहिले पोस्ट मार्टमको लागि जनकपुरको अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाए । घाँटी रेटिएका शर्मालाई तत्काल जनकपुर अञ्चल अस्पताल पुर्याको थियो तर अस्पताल पुग्ने वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक शर्मा धामी झाँक्री गर्ने कार्यमा संलग्न रहेको स्थानीयले बताएका छन् ।