जघन्य अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2018 Sep 07 | 10:27 pm 4974

पाल्पा, भदौ २२: वर्तमान परिवेशमा देशव्यापी रुपमा बालबालिका माथि हुने गरेका जघन्य प्रकृतीका जवर्जस्ती करणी लगायतका गम्भीर अपराधहरु बढ्दै गैरहेको परिवेशलाई मध्येनजर गर्दै सामाजिक संस्कार, मुल्य मान्यता र परम्परा विपरित भएका गतिविधिले गर्दा धेरैजसो महिला तथा बालबालिका र असहाय एवं पिछडिएको वर्ग पीडित हुने गरेको र न्यायिक उपचार र कानूनको बारेमा जानकारी समेत नभएकोले प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

अपराधिक मनसाय भएका मानिसहरुले सहज रुपमा अपराध घटाउने गरेको अवस्थालाई मनन् गरि जवर्जस्ती करणी लगायतका विभिन्न खालका गम्भीर प्रकृतीका अपराधहरु रोकथामका निम्ति प्रशिक्षण गरिएको बताए ।

उक्त कार्यक्रम २०७५ भदौ २२ गते ईलाका प्रहरी कार्यालय रामपुरले निस्दी गाउँपालिका वडा नम्बर ५ ढुङगानाबेशी स्थित जनता माध्यमिक विद्यालयको हलमा उक्त संचालन गरेको जानकारी दिए ।

त्यस क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिहरुलाई प्रशिक्षण दिएको जानाएका छन् । सो कार्यक्रममा १७० जनाको सहभागिहरु रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय वडाका अध्यक्ष लगायतका अन्य जनप्रतिनिधिहरु समेत सहभागीको रहेका थिए । प्रशिक्षण कार्यक्रम करिब डेढ घण्टा संचालन भएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रशिक्षण दिएका थिए । प्रशिक्षणकाे आयोजना ईलाका प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी रुक्सेले संयुक्त रुपमा गरेका थिए भने कार्यक्रमको संयोजन निस्दी गाउँपालिका वडा नम्बर ५ र जनता माध्यमिक विद्यालयले संयुक्त रुपमा संचालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.