जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2020 May 17 | 08:23 am 2057

झापा, जेठ ४ः जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा  ८० वर्षीय वृखबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

शनिबार साँझ नजिकै रहेकाे दिपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीले आक्रमण गरेको थियाे । हात्तीकाे आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतककाे शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आफन्तजनलाई जिम्मा लगाइने जनाइएको छ। उक्त क्षेत्रमा हात्तीकाे  आक्रमणबाट यसअघि पनि एक जनाको मृत्यु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.