जंगली च्याउ खाँदा संखुवासभामा एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 10 | 06:58 pm 2775

संखुवासभा, बैशाख २८ः जिल्लाकाे सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये आइतबार थप एक जनाकोमृत्यु भएको छ।

गत बैशाख २० गते जंगली च्याउ खाएर बिरामी भएकी सभापोखरी २ गोठगाउँकी २४ वर्षीया अनिता राईको उपचार क्रममा विराटनगरमा मृत्यु भएको हो।

जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए। बिरामी परेका  १० जनामध्ये एक जनाको २६ गते मृत्यु भएको थियो ।

मृतक अनिताको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपपछि बिराट नर्सिङ होममा रेफर गरी उपचारका क्रममा आइतबार बिहान ६ बजे मृत्यु भएको सभापोखरी गाउँपालिका २ का वडाध्यक्ष डिकबहादुर सुवेदीले जानकारी दिए।

अन्य आठ जना भने उपचारपछि घर फर्किसकेका सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.