जंगली च्याउ खाँदा एकै घरका तीनको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 29 | 04:33 pm 1686

रोल्पा, साउन १३ :  रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्लाको लुङग्री गाउँपालिका-६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी,उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरुले गत साउन ८ गते बिषादी च्याउ खाएर गम्भीर विरामी भएका थिए। त्यसपछि उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। त्यहाँ उपचारका क्रममा छोरा पुष्करको साउन ११ गते, छोरी सुनिताको हिजो र आमा फुर्मलीको आज बिहान मृत्यु भएको प्रदेश नम्वर ५ प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.