छोरीलाई करणी तथा लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Jan 22 | 05:13 pm 3545

बर्दिया,  माघ ९ः आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

नवलपरासी (पूर्व) कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगन सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका-२ बस्ने २२ वर्षीय संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका-१ बस्ने २२ वर्षीय जिवन केसी रहेका छन् ।

ध.१ प ५६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूकाे साथबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.