बारा, मंसिर २५ : सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने रामशरण प्रसाद यादवले २२ बर्षिया छोरी किरण देवीको हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।
चार बर्ष अगाडी सुर्वण गाउँपालिका वडा नम्बर ६ मझरिया टोलमा हिन्दु परम्परा अनुसार शम्भु यादवको छोरा बर्ष २६ का राकेश यादवसँग विवाह गरेको भएपनि थप दाईजो ल्याउनका लागि छोरी किरणलाई पटक पटक कुटपिटगरी यातना दिदै आएको आज मंगलवार पत्रकार सम्मेलनमा रामशरणले बताए ।
कार्तिक ३० गते ज्वाँई, सम्धिसम्धिनी लगायतका आफ्न्तहरु मिली निर्घात कुटपितगरी हत्या गरेको पत्रकार सम्मेलनमा यादवले बताए ।
छोरीको हत्यालाई ढाकछोप गर्नका लागि मृत शरिरलाई सन्चो नभएको भनी उपचार गराउन एम्बुलेसमा कलैया अस्पतालमा ल्याउदै गर्दा ज्वाँई राकेश बिच बाटोबाट फरार भएको थियो ।
कलैया अस्पतालमा आउँदा छोरीलाई चिकित्सकले मृत घोषित गरेपछि केही घण्टा अघि नै मृत्यु भैई सकेको थाहाभए पछि यो घटना रहस्यमय रहेको यादवले जानकारी दिए ।
हत्या आरोपमा संलग्न रहेका ज्वाँई शम्भु यादव, ज्वाँई राकेश यादव, मेघिया यादव, गजान्नद यादवलाई पक्राउगरी न्यायिक दिलाउन सबैलाई पत्रकार सम्मेलन मार्फत पिडित पक्षले आग्रह गरेका थिए ।
मंसिर १ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा समेत आरोपितहरु मध्ये किरणका सासु रजिया देवी यादवलाई पक्राउगरी २४ दिन हिरासतमा राखे पनि सधारण तारेखमा रिहा भएपछि आफुहरुलाई अझ सशंकित बनाएको र न्याय पाउने आशामा निरासा बनाएको यादवले दुखेसो पोखेका थिए । अभियुक्त अहिलेसम्म सबै फरार रहेको हुँदा उनीहरुलाई पक्राउ गरी कारवाही गर्न यादवले माग गरे ।