छोराको कुटाइले आफ्नै आमाको मृत्यु

| 2019 Nov 02 | 12:17 pm 2356

कपिलवस्तु, कात्तिक १६: गए राति कपिलवस्तु नगरपालिका ८ को पश्चिम दोहनीमा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया आमा फूलमती कुर्मी रहेका छन् । उनलाई छोरा सुरेन्द्र कुर्मीले कुटपिट गर्दा मृत्यु भएको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताए।

राति सुरेन्द्रले रक्सी सेवन गरी घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताए । मृतक फूलमतीको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल कपिलवस्तु पठाइएको छ । छोरा सुरेन्द्र भने फरार रहेका छन्, उनको खोजी भैरहेको प्रहरीले जानकारी दिए ।

वडाध्यक्ष शिवकुमार पाण्डेयले दिएको जानकारी अनुसार सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.