छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

रिपोर्ट नेपाल | 2020 Mar 07 | 03:17 pm 1930

बैतडी, फागुन २४: जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा र मीनबहादुर पाल बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीको सडक छेउमा शनिबार बिहान मृत अवस्थामा फेला परेका जनाइएको छ ।

मृतक भट्टले शुक्रबार जाँडरक्सी सेवन गरेको र पालको पनि जाँडरक्सी सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.