काठमाडौं, चैत्र ६ : ललितपुरको नख्खुमा रहेको एनसेल अगाडि भएको बम विस्फोट र कमल पोखरीको आगन मिठाइ पसल अगाडि बम राखेको आरोपमा प्रहरीको विशेष टोलीे छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गर्न सफल भएको छ ।
गत फागुन १० गते साँझ नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट भएको थियो । सोही घटनामा संलग्न आरोपित दुई पक्राउ परेका हुन्। त्यसै दिन कमलपोखरीको लोत्सेचोकको आगन मिठाई पसल अगाडि पनि बम राखिएको थियो । प्रहरीले उक्त आरोपमा पनि दुई जनालाई पक्राउ गरेको छ।
एनसेल अगाडि विस्फोटमा संलग्न ३० वर्षीय नुमबहादुर बिक र ३१ वर्षीय डिकेन्द्र राईलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
त्यसैगरी प्रहरीले ३३ वर्षीय शिव धिमाल र ३३ वर्षीय विशाल तामाङलाई काभ्रेको रोसी गाउँपालिका २ काफलडाँडाबाट पक्राउ गरेको हो।