छाेराले चिर्रपट प्रहार गर्दा बुबाकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Aug 09 | 01:56 pm 3039

झापा, जिल्लाको कमल गाउँपालिका–१ मा शुक्रबार बिहान चिर्पट प्रहार गरी आफ्नै छोराले बुबाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले दिएका जानकारी अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।

छाेराकाे चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.