छत्रकोट गाउँपालिकामा भण्डाफोर कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2020 Jul 11 | 07:37 am 2378

गुल्मी, असार २७ः नेपाली काँग्रेसका नेता तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य मोति भण्डारीको नेतृत्वमा र छत्रकोट गाउँ कार्य समितिका पदाधिकारी सहितको उपस्थितिमा शुक्रबार छत्रकोट गाउँपालिकामा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ।

काँग्रेसले बजेट बिनियोजन गर्दा मनलाग्दीरुपमा गरेको कृषि बर्ष मनाउने घोषणा कार्यक्रम संचालनको स्पष्ट नीति नभएको, गाउँपालिकाको प्रत्येक कार्यक्रमलाई राजनीतिकरण गरेको, विकासका काममा सर्वपक्षीय हुनुपर्नेमा अन्य दलहरुलाई बेवास्ता गरेको भन्दै बिरोध जनाएको छ ।

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक मोति भण्डारीले नेपाली काँग्रेस गाउँपालिकाको समृद्धिका लागि सधै सङ्गै रहेको भएपनि बेतिथि बढ्दै गए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए। नेपाली काँग्रेस छत्रकोट सभापति धातानन्द भुसालले गाउँपालिका स्थानीयको सरकार भएपनि मनलाग्दी गरेको कार्यशैली प्रति नै प्रश्न चिन्ह खडा भएको बताएका थिए । कार्यक्रममा बोल्दै अनन्त पौडेलले अबका दिनमा गाउँपालिका नसुध्रीए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका थिए ।

गाउँपालिकाले विपक्षको सहमति बिना बहुमतको आधारमा एकपक्षीय बजेट पास गरेको भन्दै विरोध जनाएको छ । काँग्रेसले स्पष्ट शीर्षक नखुलाई अपष्ट रुमपा बजेट विनियोजन गरेको लगायतका अन्य बेथितिको विरोध जनाउँदै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले आफ्नो ध्यानाकर्षण भएको भन्दै सुझाबका लागि धन्यवाद दिएका थिए । ज्ञापन पत्र बुझाएपछी कोणसभा समेत गरिएको थियो ।

उक्त्त भण्डाफोर कार्यक्रममा नेपाली काँग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल, वार्ड न १ हुगाका सभापति महेश्वर भण्डारी, वार्ड न २ का सभापति नरेन्द्र बहादुर पल्ली वडा न ४ का सभापति जित बहादुर पौडेल लगायत नेपाली काँग्रेस छत्रकोट गाउँ कार्य समितिका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.