छ लाख रकम सहित ११ जना जुवाडे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Nov 03 | 10:06 am 1930

कास्की, कात्तिक १७  : अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाँच लाख ९७ हजार ३ सय ६० रुपैयाँ सहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर ९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा गएको टोलीले ती जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार पक्राउ पर्नेमा भारतको गढीमाई घर भई नयाँबजार बस्ने ३० वर्षीय सुनिल प्रसाद, मोतिहारीका ४२ वर्षीय राजुप्रसाद जैसवाल, २८ वर्षीय अमरेन्द्र कुमार, २५ वर्षीय लवकुश कुमार, ३२ वर्षीय रम्भुप्रसाद, ४० वर्षीय धमेन्द्र प्रसाद, २९ वर्षीय पप्पु जैसवाल र भारतकै शिवर जिल्ला घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवनाथ पण्डितलगायत रहेका बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.