६ जना इन्सपेक्टरकाे काज सरुवा, काे कहाँ ? (सूचिहसित)

रिपोर्ट नेपाल | 2019 Jun 24 | 06:54 pm 2360

कठमाडौं, असार ९ :  प्रहरी प्रधान कार्यालयले प्रहरी छ जना निरीक्षक (इन्सपेक्टर) काज सरुवा गरेको छ । विष्णुहरी ढकाल, बिरेन्द्र कुमार ठाकुर, सूर्य बहादुर बोगटी, प्रताप पौडेल, ॠषिराज ढकाल र राजेन्द्र राय यादवको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका विष्णुहरी ढकाललाई मकवानपुर, मकवानपुरका ठाकुरलाई बारा, कपिलवस्तुका बोगटीलाई काठमाडौँ महारागञ्ज र पोखराका पौडेललाई कपिलवस्तु खटाइएको छ ।

त्यस्तै इन्स्पेक्टर ॠषिराज ढकाललाई मोरङ र राजेन्द्र राय यादवलाई जनकपुर खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.