चोरीमा संलग्न दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 23 | 07:31 pm 1636

चितवन, भदाै  ६ : चाँगुनारायण नगरपालिका–८ रानीवारीस्थित सुमन खत्रीको घरबाट सुनका गरगहना र नगद चोरी गरी फरार भएका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरीले चोरीका सामानसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २३ वर्षीय दीपक गिरी र चाँगुनारायण नगरपालिका–६ का २४ वर्षीय बुद्ध तामाङलाई पक्राऊ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट साढे चार तोला सुनका गहना, पाँच थान मोबाइल, एक थान घडीलगायतका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले दुबै जनालाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.