चोरीपैठारीको सामान तथा बोईलर कुखुरा बरामद

रिपोर्ट नेपाल | 2023 Apr 03 | 07:58 am 1013

रुपन्देही, चैत २०ः जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत १९ गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद भएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो ।

यसैगरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ डाबर यशोधरा गाउँपालिका ६ रंगपुरबाट चैत्र १९ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर र बिओपी मर्यादापुरले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

बोईलर कुखुरा बरामद
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ चम्कीपुरबाट चैत १९ गते करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको १ सय ८० वटा कुखुरा बरामद भएको छ । भारतबा अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कुखुरा बिओपी बुचीले बरामद गरेको हो ।

बरामद कुखुरा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानिय भद्रभलादमी र पशु क्वारेनटाइ कार्यलयका कर्मचारीको रोहवरमा नष्ट गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.