मोरङ्ग, भदाै ३ः जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो । बरामद लत्ताकपडा बिराटनर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।