चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 02 | 08:14 am 1093

काठमाडाैं, मंसिर १६ः भक्तपुरको डोलेश्वरबाट चोरीको दुई वटा मोटरसाइकल सहित ट्राफिक
प्रहरीले नियन्त्रणमा लिएका २ जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित वृत्तहरुमा बिहीबार बुझाएको छ । काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई क्रमश: प्रहरी वृत सिंहदरबार र महाराजगंज बुझाइएको हो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथली स्थित राष्ट्रिय बाणिज्य बैङक पछाडीबाट बास्तविक नम्बर बागमती प्रदेश ०२-०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सुर्यलाल डङ्गोलले टोखा त्वापचा स्थित
पार्किङमा बास्तविक नम्बर बाग्मती प्रदेश ०२ -०२९ प २७ २१ नम्बरको मोटरसाइकल चोरी भएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्राप्त निवेदनका आधारमा चोरी भएका दुवै मोटरसाइकल खोजी गर्दा बाग्मती प्रदेश ०२- ०२० प ०१ ३१ नम्बरको मोटरसाइकलमा,बाग्मती प्रदेश ०२- ०१९प २८ ०९ मा परिवर्तन गरेको अवस्थामा तामाङलाई र लामालाई बाग्मती प्रदेश ०२ -०२९ प २७ २१ नम्बरको मोटरसाइकलमा, बागमती प्रदेश ०२- ०३५प २२ ६५ नम्बरमा परिवर्तन गरि चलाउँदै गरेको अवस्थामा भक्तपुरको डोलेश्वरबाटहिजो नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका उनीहरुलाई चोरीको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि सम्बन्धित वृत्तहरुमा बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोमा स्वयं सवारी धनी पनि बिशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने गरेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको
हटलाईन नम्बर १०० मा वानजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपर ट्राफिक प्रहरीको कारवाहीमा

क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले बुधबार राती कारवाही गरेको छ । भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा
गरिएको रात्रिकालिन् चेकिङ्का क्रममा सवारी साधनको हद निर्धारण गरिएको भन्दा बढि मालसामान राखिएका मालवहाक सवारी साधनलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

कारवाहीका क्रममा ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गराइएको थियो भने ४३ वटा सवारी साधनमा बढी भएको सामान हटाउन लगाइएको थियो ।सवारी साधनमा क्षमता भन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने, साथै सवारी साधन अनियन्त्रीत भई दुर्घटना हुन सक्ने भएकाले क्षमता भन्दा बढी सामान ढुवानी नगर्न पनि प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक प्रसाद भट्ट सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.