चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Aug 30 | 09:09 am 1301

काठमाडाैं, भदाै १४ः चोरीको मोटरसाईकल सहित ललितपुरबाट साेमबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल ललितपुरको धापाखेल बस्दै आएका भुवन डिमडुङ र मकवानपुर घर भई सोही ठाउँ बस्दै आएका महेश कुमार राना मगर रहेका छन् ।

भुवनले शंकाश्पद अवस्थामा चलाएको प्रदेश ३ ०२ ००७ प ६६ ३० नम्बरको रातो एन एस पल्सर मोटरसाइकल फेला पारी अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल महेशले दिएको भनि खुल्न आएको हुँदा उनलाई समेत प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज अपरान्ह साढे ४ बजे ललितपुरबाट उक्त मोटरसाईकल सहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई मोटरसाईकल सहित थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी बृत बौद्ध पठाईएको छ ।

गत बैशाख १७ गते बौद्ध स्थित नारायणटारबाट हराएको भनि काठ्माण्डौको ढोकाटोल बस्ने
जुनिलमान श्रेष्ठले प्रहरी कार्यालयमा निवेदन दिएका थिए । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा
निवेदन दिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.