चोरीको मोटरसाईकल सहित तामाङ पक्राउ

| 2022 Sep 24 | 08:05 pm 1569

काठमाडाैं, असाेज ८ः चोरी भई हराएको मोटरसाईकल सहित काठमाडौ महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट हिजो १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
रसुवाको नौकुण्ड गाँउपालिका ३ घर भइ हाल काठमाण्डौको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२-०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई हिजो ट्राफिक प्रहरीले
पक्राउ गरेको हो । उक्त NS २०० सिसिको पल्सर मोटरसाईकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भइ हाल काठमाण्डौको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौको हात्तीगौडाबाट हराएको भनि मगरले निवेदन दिएका थिए । उक्त मोटरसाइकल सहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा
कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गरेर जानकारी दिन सकिने साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन पनि सकिने बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.