चोरीका मोटरसाइकल सहित ४ जना पक्राउ

| 2020 Dec 14 | 06:15 pm 1533

काठमाडौं, मंसिर २९ः २०७६ माघ १० गते नैकाप काठमाडौंबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल हराएको भनि जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका १३ वस्ने पूर्ण राउतले महानगरीय ट्राफिक महशाखामा हुलिया सहितको निवेदन दिएकोमा महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा चेक जाँच गर्ने क्रममा पक्राउ गरेको जानकारी दिएको हो ।

नम्बर प्लेट परिवर्तन गरी चलाएको पल्सर १५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल र उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९४ प ४४६९ रहेको हुदाँ मोटरसाईकल सहित जिल्ला सिन्धुली हरिहरपुरगढि गाँउपालिका ६ क्यानखोला घर भई हाल काठमाडौं कपन बस्ने २१ को प्रकाश तामाङ, जिल्ला सिन्धुली तिनपाटन गाँउपालिका ५ भिमस्थान घर भई हाल जिल्ला काठमाडौं कपन बस्ने ३२ वर्षीय अम्मर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भई हाल काठमाडौं कपन बस्ने २० वर्षीय सुरेश तामाङ रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट काठमाडौं पठाएको जनाएको छ ।

त्यस्तै मिति २०७६ जेठ २७ गते बा ९६ प ५४९४ नम्वरको मोटरसाईकल काठमाडौं बालुवाटारबाट हराएको भनि बालुवाटार बस्ने दिपक खड्काले खोज तलासको लागि हुलिया सहितको निवेदन यस महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइमा दिएकोमा महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाको भद्रकाली स्थित सडक खण्डमा शंका लागि चेकजाँचको गर्ने क्रममा बा ९० प ७३८६ नम्वरको कालो रातो रंगको यामाहा क्श्च् मोटरसाईकल चेक गर्दा वास्तविक नंम्बर बा ९६ प ५४९४ भनि खुल्न आएको हो ।

उक्त मोटरसाईकलको साथमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने ३३ वर्षीय भोला थापालाई सवारी साधन सहित पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त मालिगाउँ काठमाडौं पठाएको ।

बिशेषगरी काठमाडौं सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरी राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ ।

सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.